Logo

२६ बैशाख, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले शुक्रबार मेचेलाई सो जिम्मेवारीमा नियुक्त गर्नुभएको हो । कोशी प्रदेशबाट महिला कोटामा राष्ट्रियसभा सदस्य निर्वाचित मेचेले अब सदनमा पार्टीको तर्फबाट सचेतकको भूमिका निर्वाह गर्नुहुनेछ ।

झापाको मेचीनगर नगरपालिका–१२ स्थायी घर भएकी मेचेले लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरिसक्नुभएको छ ।

सचिवालयको अनुभव र पार्टीभित्रको सक्रियताकै कारण उहाँलाई राष्ट्रियसभामा महत्वपूर्ण संसदीय जिम्मेवारी सुम्पिएको बताइएको छ । एमालेले संसदीय दललाई थप सुदृढ र व्यवस्थित बनाउन मेचेलाई सचेतकको पदमा अघि सारेको हो ।


सम्बन्धित समाचार