१३ जेठ, काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधि सभाको बुधबारको बैठक बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ गरेको विषयमा असन्तुष्टि जनाउँदै उनले बैठक कक्ष छाडेर बाहिरिएका हुन् ।
सभामुखको उक्त कदम रुलिङको दायराभन्दा बाहिर रहेको भन्दै साम्पाङले बैठक बहिस्कार गरे पनि उनको दल श्रम संस्कृति पार्टीले भने यसलाई संस्थागत निर्णय बनाएको छैन । साम्पाङले बैठक छाडेर हिँडे पनि सोही पार्टीका अन्य सांसदहरू भने संसद् बैठकमै यथावत रहेर संसदीय कार्यसूचीमा सहभागी भइरहेका छन् । सभामुखको रुलिङलाई लिएर संसद् भित्र संसदीय मर्यादा र क्षेत्राधिकारका विषयमा नयाँ बहस सृजना भएको छ ।


















