Logo

१५ जेठ, काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त प्रतिफलको न्यायोचित वितरणले मात्र गणतन्त्रलाई थप सुदृढ बनाउन सकिने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै दिगो शान्ति, सुशासन र विकासको राष्ट्रिय आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व रहेको औंल्याए ।

प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दिवसले मुलुकमा आपसी सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकताको भावनालाई अझ बलियो बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरे ।

सोही समारोहमा पत्रकारितामार्फत प्रदेशको विकासमा योगदान पुर्‍याएबापत नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष रामहरी कार्की, पत्रकारहरू पोष्टराज अधिकारी, सुनिता विष्ट र युवराज श्रेष्ठलाई जनही ५० हजार रुपैयाँ नगदसहित ‘प्रदेश संस्थागत विकास पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार
भर्खरै