२० असार,काठमाडौं । सरकारले एकैपटक ४२ जना उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार शुक्रबार भएको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा निकायमा कार्यरत ४२ जना उपसचिवको सरुवा गरिएको हो। मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको पनि सरुवा गरिएको जनाएको छ। सरुवासम्बन्धी निर्णय शुक्रबार नै गरिएको मन्त्रालयको भनाइ छ। सरकारले प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत उपसचिव तथा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको जनाएको छ। सरुवा भएका अधिकारीहरूको नामावली तथा नयाँ कार्यस्थलसम्बन्धी विस्तृत विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ। हेर्नुस् सूची :- उपसचिव_सरुवा(2)