२० असार,काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठन भएको आज १०० दिन पूरा भएको छ।
सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले आफ्ना प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा सरकारका १०० दिने कार्यकालका उपलब्धिहरूबारे जानकारी दिएका हुन्।
सरकारले गठनसँगै १०० दिने कार्यसूची बनाएर प्राथमिकताका आधारमा काम अघि बढाएको जनाएको छ।
सरकारले यस अवधिमा प्रशासनिक सुधारदेखि नीतिगत निर्णयसम्म विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरिएको छ।
यस्ता छन् सरकारका उपलब्धि–


















