Logo

१७ वैशाख, वीरगञ्ज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस धनुषाद्वारा हिजो आयोजित सम्पन्न सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा अब कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्नु पर्ने बताउनुभयो । कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादव र पूर्वसंसदीय दलका नेता रामसरोज यादव मिलेर कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन पहलकदमी गर्न सल्लाह पनि उनले दिए ।

गठबन्धन सरकारको प्रमुख दायित्व राजनीतिक स्थिरता भएको उल्लेख गर्दै उनले संघमा बनेको सत्ता गठबन्धन पाँच वर्ष चल्ने तथा प्रचण्डपछि माधवकुमार नेपाल र त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा साझा सरकार बन्ने बताए । चुनावी गठबन्धनले कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकहरु खुसी नदेखिएको उनले बताए ।


सम्बन्धित समाचार