Logo

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले ऊर्जा र दूरसञ्चार क्षेत्रमा दूरगामी प्रभाव पार्ने दुई महत्वपूर्ण नीतिगत निर्णय गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै अब निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्ने बाटो खुला गरिएको घोषणा गरेका छन् । हालसम्म सरकारी स्वामित्वको निकायमार्फत मात्र हुँदै आएको विद्युत् निर्यातमा निजी क्षेत्रको प्रवेशले नेपालको ऊर्जा क्षेत्रलाई थप प्रतिस्पर्धी र फराकिलो बनाउने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई

त्यस्तै, दूरसञ्चार क्षेत्रको अग्रणी संस्था नेपाल टेलिकममा रहेको सरकारी स्वामित्वलाई केही संकुचित बनाउँदै सरकारले जनस्तरमा सेयर बिक्री गर्ने निर्णय गरेको छ । अर्थमन्त्री वाग्लेले सरकारको ६६ प्रतिशत सेयर स्वामित्व कायमै राखेर बाँकी रहेको सेयर आगामी पुस मसान्तभित्र सर्वसाधारणका लागि बिक्री गरिने जानकारी दिए ।

यसरी सेयर बिक्रीबाट प्राप्त हुने रकमलाई नेपाललाई प्रविधिमैत्री ‘टेक हब’का रूपमा विकास गर्न उपयोग गरिने योजना सरकारले अघि सारेको छ । ऊर्जामा निजी लगानी र प्रविधिमा लगानीको नयाँ स्रोत खोज्ने सरकारको यी दुई निर्णयलाई आर्थिक सुधारका दृष्टिले महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।


सम्बन्धित समाचार
भर्खरै