Logo

१५ जेठ, काठमाडौं । सरकारले सडक पूर्वाधारको स्तरोन्नति र मर्मतलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ठूलो धनराशि विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै राष्ट्रव्यापी सडक मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड रुपैयाँ छुट्याएको घोषणा गरेका छन् । यस अभियानमार्फत सहरी सडकहरूलाई नियमित रूपमा मर्मत गर्दै आगामी वर्षदेखि ‘खाल्डामुक्त’ बनाउने सरकारको लक्ष्य छ ।

यसैगरी, मुलुकको मेरुदण्डका रूपमा रहेको पूर्व(पश्चिम राजमार्गको स्तरोन्नति र विस्तारका लागि सरकारले थप ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ । राष्ट्रव्यापी सडक मर्मत र पूर्व–पश्चिम राजमार्गको विशेष प्राथमिकतालाई जोड्दा सरकारले सडक क्षेत्रमा कुल ३२३ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरेको छ ।

यसले लामो समयदेखि जर्जर बनेका सडकहरूको अवस्था सुधार्दै यातायात आवागमनलाई सुरक्षित र सहज बनाउन ठूलो टेवा पुग्ने विश्वास सरकारको छ ।


सम्बन्धित समाचार
भर्खरै