Logo

१० जेठ, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई सर्वव्यापी बनाउन यसको व्यापक पुनर्संरचना गरिने घोषणा गरेका हुन् । हाल विभिन्न क्षेत्रमा छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम र सरकारी दायित्वहरूलाई एकीकृतरूपमा सञ्चालन गर्न सरकारले ‘एकल भुक्तानी विधिको अवलम्बन गर्ने भएको छ ।

यस नीतिगत परिवर्तनले नागरिकको व्यक्तिगत स्वास्थ्य उपचार खर्चमा हुने उल्लेख्य भारलाई कम गर्ने सरकारको अपेक्षा छ । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले अघि सारिएको यो एकीकृत प्रणालीले बीमा प्रक्रियालाई थप सरल र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

स्वास्थ्य बीमाको सर्वव्यापीकरणमार्फत गुणस्तरीय स्वास्थ्य सेवालाई आम नागरिकको अधिकारका रूपमा स्थापित गर्ने सरकारी योजनाले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा ठूलो सुधार ल्याउने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै