Logo

४ असार, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर विपक्षी दलहरूले चर्को आक्रोश व्यक्त गरेका छन् ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि प्रधानमन्त्रीको अभिव्यक्ति र संवैधानिक निकायमाथिको हस्तक्षेपलाई लिएर संसदमा बहस तातेको हो ।

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गम्भीर आरोप लगाउँदै प्रधानमन्त्री कार्यालयले संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूलाई थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारेको दाबी गरे । पत्रकार सीताराम बरालको फेसबुक लाइभलाई आधार मान्दै सांसद केरुङले भने, ‘संवैधानिक निकायका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुनेर धम्कीपूर्ण भाषामा पक्राउ पुर्जी जारी गर्न लगाउनु लोकतन्त्र र सुशासनको उपहास हो।’ उनले यस विषयको सत्यतथ्य छानबिन गर्न तत्काल संसदीय समिति गठन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, गत जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिप्रति पनि विपक्षी सांसदहरूले कडा आपत्ति जनाएका छन्। नेकपाका सांसद रमेश मल्लसहितले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियताको विरुद्धमा रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिलाई लिएर संसद्मा जारी विरोधले सरकार र विपक्षीबिचको दूरी थप बढेको स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै