Logo

१६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताउँदै त्यस्तो भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। तर, अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको उहाँको भनाई छ ।

एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उनले भने, ‘सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता छ ।

गत फागुन २१ गतेको निर्वाचनलाई २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक भन्दै उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको स्पष्ट भएको जिकिर गर्नुभयो ।

पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिँदै शत्रुहरुले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन सुझाइएको छ ।


सम्बन्धित समाचार
भर्खरै