Logo

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरूको विद्यमान वर्गीकरणमा हेरफेर गर्ने घोषणा गरेको छ ।

मंगलबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्व पौडेलले अब बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरण गरिने जानकारी दिनुभयो । राष्ट्र बैंकले लिएको यो नयाँ नीतिका कारण अब परम्परागत बैंकिङ संरचनामा व्यापक बदलाव आउने निश्चित भएको छ ।

गभर्नर पौडेलले ‘व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवासहितको बैंकिङ’ अवधारणालाई कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताउनुभयो । हाल मुलुकमा बैंक तथा वित्तीय संस्थाहरूलाई उनीहरूको कार्यप्रकृति र पूँजीका आधारमा ‘क’, ख, ग र घ’ गरी चार वर्गमा विभाजन गरिएको छ ।

वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाका रूपमा रहेको यो वर्तमान संरचनालाई परिवर्तन गरी विशिष्ट प्रकृतिका सेवा प्रदान गर्न सक्ने गरी नयाँ ढाँचामा अघि बढाउन लागिएको हो । राष्ट्र बैंकको यो कदमले वित्तीय क्षेत्रमा थप प्रतिस्पर्धात्मक र सेवामूलक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार