Logo

२६ असार, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १९ दशमलव ६७ अंकले घटेर २६०१ दशमलव ९२ विन्दुमा ओर्लिएको छ । बजार परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने सन्तोषजनक देखिएको छ । आज कुल ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

आजको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले नोक्सानी बेहोरेका छन् । बजारमा सूचीकृत २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको मूल्यमा मात्र वृद्धि भएको छ । त्यस्तै, ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

यस दिन कारोबारमा आएका सबै उपसमूहहरू राताम्मे देखिएका छन् । विशेषगरी ट्रेडिङ क्षेत्रमा २ दशमलव ३६ प्रतिशतको गिरावट आएको छ भने विकास बैंक, उत्पादनमूलक उद्योग र म्युचुअल फन्डको मूल्य पनि एक प्रतिशतभन्दा बढीले घटेको छ ।

घटेको बजारका बाबजुद उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १२ दशमलव ६८ प्रतिशत र स्नो रिभर लिमिटेडले ११.७६ प्रतिशत नाफा कमाएका छन् । यता, बैंक अफ काठमाण्डूको डिवेञ्चरको मूल्य सर्वाधिक ८ दशमलव ६६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा भने ग्लोबल आईएमई बैंकको ऋणपत्र अग्रस्थानमा छ, जसको ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी सिद्धार्थ बैंक र बैंक अफ काठमाडौँको ऋणपत्रहरू क्रमशः २८ करोड ६५ लाख र २० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबारसहित शीर्ष स्थानमा रहेका छन् ।


सम्बन्धित समाचार
भर्खरै