Logo

३० असार, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदाको दुरुपयोग र जग्गाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

कार्यकारी परिषद्ले अध्ययन बिदा दुरुपयोग सम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्न प्रा. डा. राजेन्द्र प्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरिएको हो ।

त्यसैगरी विश्वविद्यालय र आंगिक क्याम्पसहरूको नाममा रहेकोरचलन भोगमा रहेको जग्गाको छानबिन गर्न प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ।

विश्वविद्यालयका आंगिक क्याम्पसहरूले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी बनाएर व्यवस्थापन गर्न व्यवस्थापन संकायका डीन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि निर्मण गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, सामान्य विज्ञान केन्द्रीय विभाग, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र कानून केन्द्रीय विभागका शैक्षिक एवम् प्रशासनिक भवनहरूको विद्युतीय बोलपत्र आह्वान पनि भएको छ ।

विश्वविद्यालयमा उपकुलपतिमा प्रा. डा. किशन दत्त भट्टले पदभार ग्रहण गरेपछि सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकता दिँदै निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ ।


सम्बन्धित समाचार