३१ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुशासन र पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता जनाउँदै सम्पत्ति छानबिन आयोगसमक्ष सम्पत्ति विवरण बुझाएका छन् ।
सरकारले २०६२-६३ सालयताका पूर्वउच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेअनुरूप डा। भट्टराईले बुधबार काठमाडौँको केशरमहलस्थित आयोगको कार्यालयमा पुगेर आफ्नो विवरण बुझाएका हुन् । उनको सचिवालयले यस कदमलाई जवाफदेहिता र सुशासनप्रतिको प्रतिबद्धताका रूपमा अर्थ्याएको छ ।
यद्यपि, वर्तमान सरकारका सदस्यहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय गरेपछि यो आयोग पछिल्लो समय विवादमा तानिएको छ र यसविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर भएका छन् ।


















