३२ असार, काठकाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराईनजिक र पूर्वतर्फ सरदर स्थान आसपास छ।
जसका कारण यतिबेला (बिहीबार बिहान) देशभर आकाशमा साधारणतया बादल (अलिअलि घाम पनि देखिएको अवस्था) छ।
अनि लुम्बिनी प्रदेशका केही स्थानमा, कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ।
देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रेदशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोसी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।


















