Logo

११ साउन, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिकामा एक किशोरीलाई ललाइफकाइ क्याफेमा पुर्‍याएर सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पाँच जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले साउन १० गते साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार साउन ३ गते बिहान रंगेली–३ का १८ वर्षीय सिटी सफारी चालक मोहम्मद अरमानले ती किशोरीलाई रंगेली–७ स्थित युमी क्याफेमा पुर्‍याएर जबर्जस्ती करणी गरेका थिए । त्यसपछि सोही क्याफेका सञ्चालक २१ वर्षीय सुमन कुमार साहले पनि किशोरीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी साउन ४ गते राति २० वर्षीय करण मण्डलले पीडित किशोरीलाई पुनः संसारी मन्दिर नजिकैको ‘द नाइन्टीज’ क्याफेमा पुर्‍याएका थिए। त्यहाँ मण्डलसहित १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादवले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीका आधारमा पक्राउ परेका पाँचै जनामाथि इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार