Logo

१२ साउन,काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेश गरेका छन्।

मंगलबार नेता शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका हुन्। उनले नेकपा (एमाले)को समर्थनमा दाबी पेश गरेका छन्।

नेकपा र एमालेबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने तय भएको थियो। सोही सहमतिका आधारमा नेकपा संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

कर्णाली प्रदेश सभामा कुल ४० सदस्य छन्। जसमध्ये नेकपाका १३ र एमालेका १० सांसद रहेका छन्। सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा नेपाली कांग्रेसका १५ सांसद, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक सांसद र एक जना स्वतन्त्र सांसद रहेका छन्।

यसअघि नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए। तर कांग्रेसले समर्थन फिर्ता लिएपछि कँडेलले पदबाट राजीनामा दिएका थिए।


सम्बन्धित समाचार