Logo

१२ साउन,काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई छुट्टाछुट्टै कसुरमा धरौटी निर्धारण गरी रिहाको आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाका अनुसार गोल्छालाई बिमा सम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी तोकिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई गत १० वैशाखमा नियन्त्रणमा लिएको थियो। गोल्छामाथि बिमा तथा धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो।

अदालतको आदेशपछि धरौटी बुझाएसँगै गोल्छा रिहा हुने भएका छन्।


सम्बन्धित समाचार