Logo

२ जेठ,वीरगञ्ज । वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालक समितिले सरकारसँग १ करोड रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको छ । गत आइतबार बसेको सो समितिको बैठकले सरकारसँग उक्त बजेट माग गर्ने निर्णय गरेको हो ।

बैठकले ५०० केभीको विद्युत् प्रसारण लाइन जडान गर्न तथा सञ्चालन गर्दा भएको खर्चका लागि यो वर्ष १ करोड रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको वीरगञ्ज कृषि औजार कारखानाका अध्यक्ष महाविर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारसँग सम्झौता भएलगत्तै चुनाव भएर नयाँ सरकार गठन भएको र पुनः उक्त सरकार भत्केर फेरि अर्को सरकार गठन भएकाले सरकार नै परिवर्तन भईरहँदा बजेटका लागि सरकारलाई दबाब नदिएको हो । उहाँले अहिलेसम्म केन्द्रले ५० लाख रकम खर्च गरिसकेको उल्लेख गर्नुभयो ।

अब कारखाना सञ्चालनका लागि ५०० केभीको विद्युत् प्रसारण लाइन जडान गर्नुपर्ने भएको र त्यस काममा करिब २५ लाख खर्च हुने भएकाले १ करोड माग गर्ने निर्णय गरिएको उहाँको भनाई थियो ।

 


सम्बन्धित समाचार