Logo

२ जेठ,बारा । बाराको जीतपुरसिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका सञ्चालनको तयारीमा रहेको छ । भौतिक सुविधा र सम्पन्नताका हिसावले सम्भवतः मधेश प्रदेशकै पहिलो वृद्धाश्रम सञ्जविनी वाटिका सञ्चालनको तयारीमा रहेको हो ।

सञ्जीवनी वाटिका(वृद्धाश्रम) जीतपुरका अध्यक्ष एवं पूर्व मन्त्री फरमुल्लाह मन्सुरले दिनुभएको जानकारी अनुसार करिब एक करोड रुपियाँको लागतमा निर्माण गरिएको वृद्धाश्रम भवन सवा ८ कठ्ठा जग्गामाा फैलिएको छ ।

एकसय जनासम्म जेष्ठ नागरिकहरुलाई राख्ने क्षमता भएपनि हाल १५ देखि २५ जनासम्म राख्ने योजना रहेको अध्यक्ष मन्सुरले बताउनुभयो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उद्घाटन गरिन लागेका वाटिकाभित्र भोजन कक्ष, भजन कृतन, टेलिभिजन तथा योगा कक्ष आदि निर्माण गरिएका छन् ।

साथै आँप लिचीका बगैचा, प्रभातकालिन भ्रमण पथ, फूलबारी लगायत निर्माण गरिएका छन् । राष्ट्रिय वाणिज्य बैक सिमरामा सञ्जिबनी बाटिकाको नाममा हाल १० लाखको अक्षयकोष खडा गरिएको छ । यसलाई एक करोडसम्म पुर्याउने लक्ष्य राखिएको अध्यक्ष मन्सुरले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार