Logo

२ जेठ,काठमाण्डौ । गत बैशाख महिनामा चट्याङ लागेर पाँच जनाको मृत्यु र ४३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले वैशाख १ गतेदेखि मसान्तसम्म ४४ पटक परेको चट्याङबाट पाँच जनाको मृत्यु भएको र ४३ जना घाइते भएको जानकारी दिएको छ ।

जेठ एक गते राति चट्याङ लागेर दैलेखमा एकै घरका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । उनीहरुको उपचार भइरहेको छ । हिजो पहाडी क्षेत्रका धेरैजसो ठाउँमा हावाहुरी र मेघगर्जनसहित चट्याङ परेको थियो।

चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञहरूले सुझाव दिएका छन् । विज्ञका अनुसार चट्याङ पर्दा टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणलाई बन्द गरेर तार निकाल्नु पर्छ।

यस्तै, यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । उनीहरुका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चट्याङ पर्दा चलाउनु हुँदैन।

 


सम्बन्धित समाचार