Logo

३ जेठ,बारा । अत्याधिक गर्मी बढेसँगै अधिकांश जिल्लामा चापाँकल सुक्न थालेका छन् । बारा, पर्सा लगायत मधेशका अधिकांश जिल्लाहरुमा पानीको सतह कम हुदैँ गएकाले चापाँकल सुक्दै गएको स्थानियले बताएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नं. २, ३, ५, १६ र १८ अन्र्तगत पर्ने कलैया टोल, भवानीपुर, ब्रह्मपुरी, औधापुर, उत्तरझिटकैया, मझौलिया, श्रीपुर, बकुलहर, कवलपुर, भोडहा, मदिलवा, मनहर्वा, सखुई, बिजुलपुर, सिसवामहेशपुर, गङ्गापुर, भतौडा, सिसहनिया, पतौरा, लगायतका गाउँमा चापाकलबाट पानी आउन कम भएको उनीहरुको भनाई छ ।

यसैगरी जितपुरसिमरा उपमहानगरको ३, ६, ७, ११, १४, १६, १८, वडाको बडहर्वा, मनहर्वा, पिलुवा, डुमरवाना, जैतापुरटोलमा चापाँकलबाट पानी आउन बन्द भएको कुवेर ठकुरीले जानकारी दिनुभयो ।

सो ठाउँमा रहेका नदी, तलाउ र पोखरीको पानीसमेत सुकेकाले सहज रूपमा खाना पकाउन, लुगा धुन तथा नुहाइधुवाइ गर्न अहिले समस्या भएको उहाँले उल्लेख गर्नुभयो । यता पानीको सतह कम हुन नदिन बढी सङ्ख्यामा रुख, बिरुवा रोप्नुका साथै चुरे भावर आसपासका क्षेत्रमा माटो, बालुवा उत्खनन रोक्नुपर्ने, वन जङ्गल अतिव्रmमित भएको स्थानमा नयाँ रुख रोप्ने अभियान चलाउनुपर्ने आवश्यक रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले बताउनुभयो ।

 


सम्बन्धित समाचार