Logo

फाइल तस्बिर

जेठ १० वीरगञ्ज । मधेस प्रदेशमा गएको बैशाख महिनामा मात्रै पाँच सय १० वटा सवारी दुर्घटना भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले दिएको जानकारी अनुसार प्रदेशका आठ जिल्लाहरुमा उक्त सवारी दुर्घटनाहरु भएका हुन् ।

यि दुर्घटनामा परेर कुल ३७ जनाको मृत्यु भएको छ भने ९ सय ४६ जना घाईते भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक प्रविण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी दुर्घटनामा परि ज्यान गुमाउनेहरु मध्ये २७ जना पुरुष, चार जना महिला, ४ जना बालिका र दुई जना बालकहरु रहेका छन । यस्तै दुर्घटनामा परि घाईते भएका ९ सय ४६ जना मध्ये ६०४ जना पुरुष, २०९ महिला, ८२ बालक र ५१ जना बालिका रहेका छन ।

प्रहरीले एक महिनाको अवधिमा ३६ वटा दुर्घटनामा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको वरिष्ठ प्रहरी उपरिक्षक पोखरेलले बताउनुभयो । एक महिनाको अवधिमा ३२ हजार २ सय ६ वटा सवारी साधनहरुलाई कारवाही गरेर प्रदेश प्रहरीले २ करोड ४८ लाख ८५ हजार ५ सय जरिवाना समेत असुल गरेको छ ।

त्यस्तै वितेको बैशाख महिनामा मधेस प्रदेशमा विपत सम्बन्धि २ सय ९१ वटा घटनाहरु भएकोमा उक्त घटनामा परि ३६ जना मानिसहरुको मृत्यु भएको तथा ९ जना चौपायाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङकमा उल्लेख छ । विपत् सम्बन्धि घटनामा परि ७६ लाख ७० हजार ५०० बराबरको क्षति समेत भएको छ ।

 


सम्बन्धित समाचार