Logo

११ जेठ,रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् ।
बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् ।

त्यस्तै बाँफीकोट गाउँपालिका–८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशनको पनि दुर्घटनामा मृत्यु भएको छ ।जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ ।सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए । घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।साभार कान्तिपुर


सम्बन्धित समाचार