Logo

११ जेठ,वीरगञ्ज । एक मन्त्रालयसहित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।

तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए । उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।


सम्बन्धित समाचार