Logo

२० असार,वीरगञ्ज । नेकपा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले अहिलेको सरकारले ल्याएको बजेटले आर्थिक संकट नटार्ने बताउनु भएको छ । बजेटले आमजनतामा उत्साह नल्याएको भन्दै मुलुकमा पुँजीगत खर्च गर्न नसक्दा आर्थिक संकट भोग्नु परेको बताउनुभयो ।

नेकपा एमालले जनताको जासोको विषयलाई सडक र संसदबाट सशक्त रूपमा उठाउने बताउदै अहिले सरकारले किसानको समस्यालाई वास्ता नगरेको आरोप लगाउनु भयो । प्रेस चौतारी नेपाल पर्साले होटल कन्ट्री इनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कृषिको भण्डार मधेस प्रदेशमा पनि बजेटले उत्साह नदिएको भन्दै तराई मधेसमा सिँचाईको समस्या, मलखादको समस्याको बारेमा सरकार बेखबर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले संसदमा मलखादको समस्या छैन भनेर बोल्छ । मधेसमा आउँदा किसानले मल पाईरहेको छैन । लम्पी स्किनले २५ हजार पशुचौपाया मर्दा ३३ अर्ब नोक्सान भएको छ । सरकारले भ्याक्सिन ल्याउन सकेको छैन । यो नियन्त्रणमा नआए १ खर्ब नोक्सानी हुने अनुमान छ । यसतर्फ सरकारको ध्यान गएको छैन ।”

किसानले उत्पादन गरेको कृषिउपजको मूल्य नपाएको भन्दै कृषि उत्पादन खरिद सम्झौता (एपीपीए) को सरकारले व्यावस्था गर्नुपर्ने बताउनुभयो ।

मधेस प्रदेश इन्चार्ज भट्टराईले एमालेले अहिले कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना नरहेको बताउनु भएको छ । चाहेमा सरकार ढाल्न सक्ने भएपनि अहिले नै कांग्रेससँग मिलेर सरकार ढाल्ने पक्षमा एमाले नरहेको प्रष्ट पार्नुभएको हो । सरकारको विषयमा एमालले छलफल पनि नचलाएको र कांग्रेसले पनि संवाद नगरेकोले दुवै पार्टीको सरकार बनाउन सक्ने अनुमान स्वभाविक भएपनि छलफल भने अगाडि नबढेको बताउनु भयो ।

उहाँले नेकपा विभाजनको मुख्य कारण पार्टी ललिता निवास प्रकण पनि भएको र त्यस विषयमा थप तथ्यहरु खोज्न सञ्चारकर्मीहरुलाई सुझाउनुभयो । पार्टी मधेस प्रदेशको जिम्मेवारी पाएपछि पहिलो पटक वीरगन्ज आउनु भएका भट्टराईले असोज ५ र ६ गते प्रदेश अधिवेशन गर्ने तयारीमा लागेको जानकारी दिनुभयो ।

उहाँले मधेसका ८ जिल्ला, १३६ स्थानीय तह, वडा कमिटीसम्म गठन गरेर पार्टी स्कुल सञ्चालन प्रशीक्षण, जनचासोको अभियान सञ्चालन गरेर ९० हजारलाई एमालेमा संगठित बनाउने लक्ष्य लिएको बताउनुभयो । मधेसमा विगतमा एमालेलाई कमजोर बनाउन प्रयत्न गरेको बताउदै सबै परिस्थितिको सामना गरेर अहिले मधेसमा पार्टीको उपस्थिति बलियो रहेकोले अझै सुदृढ बनाउदै लाने बताउनुभयो । मधेस, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता हो भन्नेमा एमाले स्पष्ट रहेको र केही त्यस्ता तत्वहरुले भड्काउन खोजेपनि एमाले बलियो शक्ति बनेको दावी गर्नुभयो ।

उहाँले अबजको लक्ष्य ०८४ मा सरकार बनाउने नेतृत्व गर्ने रहेको बताउनुभयो । बलियो राष्ट्रिय शक्ति खोजेको छ । पार्टीमा आन्तरिक समस्याकै कारण र उम्मेदवार छनोटमा समस्या भएकैले अपेक्षकृत नतिजा ल्याउन नसकेको स्वीकार गर्दै १ बर्ष भित्रमा अन्तरविरोध हल गर्ने र एकताबद्ध रहेको पार्टीलाई अझ सुदृढीकरण गर्ने दावी गर्नुभयो ।

२०७९ को निर्वाचनले सही दिशा दिन नसकेको र जनताको विवेकमाथि गठबन्धनले समस्या उत्पन्न गरेको गठबन्धन असफल भएको जिकिर गर्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणामपछि देशलाई स्थिरता दिन नेकपा एमालेको पहलमा विश्वासिलो समिकरण दिओै भनेर प्रतिवद्धता सहित प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि उहाँले विश्वसनीयता गुमाएको बताउनुभयो ।

प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पर्सा इन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्यहरु राजकुमार गुप्ता, एकवाल मियाँ, पर्सा अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, मधेस प्रदेश कमिटि सदस्यहरु विचारी यादव, शम्भु गुप्ता, जयप्रकाश थारु, अमर यादव लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार