Logo

२६ असार,सेढवा । तिब्र गतिमा भइरहेको वन विनाशले वातावरणमा भएकाे आमूल परिवर्तनले आम नागरिकले बिभिन्न समस्याको सामना गर्नु परेको मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेश कुर्मीले बताएका छन ।

आज गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारण भेलाको उद्घाटन गर्दै मन्त्री कुर्मीले यस्तो बताएका हुन । खडेरी, उच्च तापक्रम तथा न्यून बर्षा लगायतका समस्यालाई न्यूनीकरण गर्न वनजंगल संरक्षण गर्न अति आवश्यक भएको मन्त्री कुर्मीले बताए ।

वनविनाश रोक्न तथा वन संरक्षणका लागि मधेश सरकार प्रतिवद्द रहेको मन्त्री कुर्मीले बताए। डिभिजन वन कार्यालय पर्साको आयोजनामा सब डिभिजन वन कार्यालय बसन्तपुरमा गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारण जिल्ला सम्वन्य समितिका सभापति निरन्जन सरार्फको सभापतित्वमा सम्पन्न सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश सांसद शकर प्रसाद चौधरी, वन तथा वातावरण मन्त्रालयका सचिव जगरनाथ प्रसाद जैसवाल, जिल्ला सम्वन्य समिति पर्साका उपसभापति पुरण प्रसाद कुर्मी, शसस्त्र प्रहरी बलका शस्त्र प्रहरी उपरिक्षक, सुमन थपालियाले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए

। सो वन समूहमा पर्साको जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, कालिकामाई, छिपहरमाई गाउपालिकाका २ सय ५९ जना सदस्यहरु रहेका छन ।


सम्बन्धित समाचार