Logo

१९ भदौ,काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ। आज (मंगलबार) बिहान करिब ८ बजेपछि मतदान सुरु भएको हो।

मतदान दिउँसो १ बजेसम्म जारी रहने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्।अधिवेशनबाट ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ।

५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।

लुम्बिनी प्रदेशमा सहमतिबाट नेतृत्व टुंग्याउने प्रयत्न अन्तिम समयसम्म चलेको थियो। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनलाई सम्बोधन गर्दै सहमतिबाटै नेतृत्व टुंग्याउन भनेका थिए।

तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको लडाइँले निर्वाचन भएको एमालेका नेताहरूको भनाइ छ।


सम्बन्धित समाचार