Logo

२ कार्तिक काठमाडौं ।
सत्ता गठवन्धनबाट रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु गुरुङको उम्मेदवारी सम्बन्धमा परेको रिटे आज बहस नहुने भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नम्याइने सूचिमा राखिएको छ ।

सत्ता गठबन्धनका तर्फबाट रुपन्देही २ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज विरुद्ध गुरुङ असोज २७ गते रिट लिएर सर्वोच्च गएका थिए । अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको थियो ।

असोज ३० गतेको पेसीमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गते बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम गर्न आदेश दिएका थियो ।

रिटमा उम्मेदवार राजु गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था नर्थ वेष्ट नेपा इन्फ्रा प्रालि मात्रै रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् । सर्वोच्चको आदेशसँगै निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ ले गुरुङको उम्मेदवारी कायम रहेको सूचना प्रकाशन गरेको थियो ।

संयुक्त इजलासले गुरुङको उम्मेदवारी कायम नै रहने वा निर्वाचन अधिकृतको कार्यालयको निर्णय सदर हुने भन्ने सम्बन्धमा आदेश दिनेछ । अन्तरिम आदेशको निरन्तरता हुने आदेश भएमा उनी उम्मेदवार कायम रही निर्वाचनमा भाग लिन पाउनेछन् भने उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय सदर भए उम्मेदवारको दौड सकिने छ ।


सम्बन्धित समाचार