Logo

३० असोज,पर्सागढि । गएराती चलेको हावाहुरि र आएको पानीका कारण पर्साको पर्सागढिमा किसानले लगाएको धानबालीमा क्षति पुगेको छ ।

प्रायजसो किसानले लगाएको सोनामन्सुली धान पसाउने समयमा अचानक हावाहुरीसँगै आएको पानीले ढलेपछि किसान चिन्तित बनेका छन् ।

पर्सागढि नगरपालिका वडा नं. ३ का किसान नन्दलाल चौधरीले हावाहुरीसँगै आएको पानीका कारण पसाउन थालेको सोनामन्सुली धानमा क्षति पुगेको गुनासो गरे ।

उनका अनुसार पसाउने समयमा धान बाली ढल्दा धानमा दाना लाग्दैन, जसकारण किसानले नोक्सान बेहोर्नु पर्दछ ।


सम्बन्धित समाचार