Logo

१५ मंसिर,काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।१ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

१६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।उम्मेदवारी दर्ताको समय तोकिएको छैन । तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्ने छ । सम्भवत आइतबार यसबारे निर्णय हुनेछ ।

 


सम्बन्धित समाचार