Logo

२२ मंसिर,पर्सागढि ।  पर्साको बिन्दबासीनीस्थित कोईलाभार बडनिहार साझेदारी वनका पदाधिकारीहरुको मतदान सम्पन्न भएको छ ।

गत असार २९ गते उद्घाटन सत्र चल्दै गर्दा उच्च अदालतले साउन ४ गते सम्मको लागि निर्वाचन स्थगित गरेको थियो । सोही कारण आजको लागि निर्वाचन तोकिएको हो । निर्वाचनबाट एक अध्यक्ष सहित १३ सदस्य चयन गरिने छ ।

निर्वाचनमा ३ जनाले अध्यक्ष पदको दावी गरेका छन् । अम्बिका सहनी मलाहा, मनोज प्रसाद यादव, महम्मद रिजवानुल हकले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । यस्तै १३ सदस्यको लागि २० जनाको उम्मेदवारी परेको छ ।

मतदाता सङख्या दुई सय ८० जना निर्वाचनमा २ सय ६२ मतदान भएको निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिनुभयो ।

मत गणना भर्खरै सुरु भएको छ । प्रतिस्प्रधी दुबै उम्मेदवार नेपाली काङ्ग्रेस निकट हुन ।


सम्बन्धित समाचार