Logo

२५ मंसिर,वीरगञ्ज । बजार मूल्यभन्दा सरकारी मूल्य कम भएपछि खाद्य ब्यावस्था तथा ब्यापार कम्पनीमा किसानहरूले धान बिक्री गर्न आएका छैनन् ।

कम्पनीको वीरगञ्जस्थित कार्यालयले धान खरिद गर्न सुरु गरेपछि किसानहरू धान बिक्री गर्न आएका छैनन् । किसानहरू धान बिक्री गर्न नआउनुको मुख्य कारण भने यसपालि सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा बढी बजारमै मूल्य रहेकाले किसानहरू कम्पनीलाई आफ्नो धान बिक्री गर्न आएका छैनन्।

गत शुक्रबारदेखि नै कम्पनीको वीरगञ्जस्थित कार्यालयले सूचना जारी गरेर किसानहरुले उत्पादन गरेको सोना मन्सुली र जिरा मसिनो धान खरिद गर्न सुरु गरेको जानकारी दिएको थियो ।

तर अहिलेसम्म एक जना पनि किसानले आफ्नो धान कम्पनीको कार्यालयमा बिक्रीको लागि लिएर आएका छैनन् । कम्पनीले यसपालि सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार ३ सय ६२ र जिरा मसिनो धानको मूल्य प्रति क्विन्टल ३ हजार पाँच सयमा खरिद गरिरहेको छ ।

तर सरकारी मूल्यभन्दा बढी बजारमा अहिले धान बिक्री भइरहेकोले किसानहरूले कम्पनीमा धान बिक्री गर्न आएका छैनन् ।
बजारमा अहिले सोना मनसुली धानको मूल्य प्रति क्विन्टल तीन हजार ७ सयसम्म रहेको छ ।

सरकारले तोकेको मूल्यभन्दा बजारमा नै अहिले किवन्टलमा तीनदेखि चार सयसम्म बढी मूल्य धानको पाइने गरेकोले अहिलेसम्म कम्पनीको कार्यालयमा किसानहरू धान बेच्न नल्याएको खाध ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेड वीरगञ्जका सूचना अधिकारी समिर दाहालले जानकारी दिए ।

पहिले सरकारको मूल्य बजारभन्दा तीन चार सय क्विन्टलमा बढी हुने गरेको भएपनि यसपालि बजार मूल्य नै बढी भएपछि कम्पनीले धान खरिद गरेको सूचना दिँदा पनि किसानहरू धान लिएर बिक्रीको लागि नआएको उनले बताए ।’

यसपालि बजार मूल्य हामीभन्दा बढी भयो अहिले क्विन्टलमा तीन चार सय बढी बजारमै मूल्य हाम्रो कम भयो त्यही भएर किसानहरू आउनु भएको छैन धान लिएर ।

उनले भने,’हामीले शुक्रबारदेखि नै धान खरिद गर्ने सूचना गरेका छौं तर किसानहरू सोध्न मात्रै आउनु भएको छ बेच्नलाई अहिलेसम्म एक जना पनि आउनु भएको छैन ।’ धानको मूल्य बजारमा बढी भएर किसानहरू धान बेच्न नआएपछि विभागमा पत्र लेखेर मूल्यको बारेमा जानकारी गराएको दाहालको भनाइ छ ।

सरकारी कमजोरी र गलत नीतिका कारणले यसपालि धानको सरकारी मूल्य बजार मूल्यभन्दा कम भएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले जानकारी दिए ।

कम्पनीले सधै जसो ढिलो गरेर धान खरिद गर्ने गरेको अधिकांश किसानहरूले आफनो धान बेचिसकेपछि मात्रै सरकारले खरिद गर्ने गरेको पनि उनले बताए । सरकारले समयमै खरिद नगर्दा प्रायः जसो केही समय पहिलेसम्म किसानहरूले दुई हजार सात सयप्रति क्विन्टलमा धान बेचेको गदीको भनाइ छ ।

कम्पनीको वीरगञ्जस्थित कार्यालयले यसपालि हालसम्मकै सबैभन्दा बढी ३७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएपनि किसानहरू भने त्यसको लाभ लिन सकेका छैनन् ।

कम्पनीमा घाटा लगाएर धान बिक्री गर्नुभन्दा ब्यापारीले घरमै आएर त्योभन्दा बढी मूल्य दिने गरेको पर्साको पटेर्वा सुगौली गाउँपालिकाका किसान जगत नारायण पसिञ्जयारको भनाइ छ ।गाउँमा नै सोना मन्सुली धान तीन हजार पाँच सयदेखि तीन हजार आठ सय सम्ममा ब्यापारीहरुले खरिद गरिरहेको उनले बताए ।

 


सम्बन्धित समाचार