Logo

९ पुस,काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जानकारी दिनुभयो । उहाँका अनुसार सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो ।

सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोन पुष्टि भएको उहाँले जानकारी दिनुभयो । कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।

नयाँ भेरियन्ट बेलायत, चीनलगायत धेरै देशहरूमा फैलिरहेको छ । भारतमा पनि कोरोनाका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । सीमा नाकाबाट नमुना सङ्कलन गरेर पुनः जिन सिक्वेन्सिङ गरिने निर्देशक डा. भट्टको भनाइ छ ।


सम्बन्धित समाचार