Logo

२३ पुस,जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशबाट दुई रित्त हुने पदका लागि विभिन्न दलबाट उम्मेदवारी परेको छ ।

मधेश प्रदेशमा रित्त हुन लागेको दुई पदका लागि सत्ता गठबन्धन तर्फबाट अन्य पदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानालाई र जनता समाजवादी पार्टी नेपालबाट महिला पदमा पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेकपा एमाले तर्फबाट उम्मेदवारीका लागि दर्ता गराउन पुगेका डा. अर्जुन सिंह भने रित्तै हात फर्किनु परेको थियो । जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा तम्तयार भएर उम्मेदावारी दर्ता गराउन पुगेका डा. सिंहले कागजपत्र जुटाई उम्मेदवारी फारम भरेर दिएपनि उनको उम्मेदवारी दर्ता नै भएन । मतदाता नामावलीमा डा. सिंहको नाम फेला नपरेपछि उनको उम्मेदवारी बन्ने सपना अधुरै रह्यो ।

निर्वाचन अधिकृत कार्यालय मधेश प्रदेशका प्रमुख न्यायधिश चित्रबहादुर गुरुंगले मतदाता नामावलीमा नाम नहुँदा उम्मेदवारी दर्ता नभएको जानकारी दिए ।
उनको ठाउँमा एमालेले विजेता झालाई उम्मेदवारी दिन लगाए भने महिला पदमा उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराइन् । भने जनमत पार्टीबाट अन्य पदमा इन्द्रजित यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

१९ वटा राष्ट्रियसभा सदस्य पद मध्ये मधेश प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई वटा पदमा निर्वाचन हुने छ ।
मधेश प्रदेशमा १ सय ७ जना प्रदेशसभा सदस्य, २६७ जना जनप्रतिनिधि गरी ३७४ मतदाता सहभागी हुनेछन् ।

पत्येक प्रदेशसभा सदस्यको मतभार ५३ र प्रत्येक स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
यस निर्वाचनमा स्थानीय तहको ५ हजार ७३ मतभार र प्रदेशसभा सदस्यको ५ हजार ६७१ मतभार गरी कुल १० हजार ७४४ कुल मतभार छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन मतदान महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा हुने छ ।


सम्बन्धित समाचार