Logo

३ माघ,भारत । भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोका कारण दृश्यतामा कमी आएकाले बुधवार हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन्।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका छन्।

कुहिरो र अन्य परिचालन समस्याहरूका कारण बुधबार ५३ वटा उडानहरू रद्द गरिएको घोषणा गरिएको थियो।

‘दिल्ली एयरपोर्ट फ्लाइट इन्फर्मेसन डिस्प्ले सिस्टम (एफआइडिएस)’ को तथ्याङ्कअनुसार १२० वटा प्रभावित उडानहरूमा ४४ वटा अन्तर्राष्ट्रिय ७६ वटा आन्तरिक लगायतका उडान छन्।

यसैबीच, बुधबार दिल्ली जाने करिब २० वटा यात्रुबहाक रेलहरू निर्धारित समयभन्दा ढिलो मात्र सञ्चालन भएका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)को तथ्याङ्कअनुसार बुधबार बिहान ५ ः ३० बजे पन्जाब, हरियाणा, दिल्ली, पश्चिम राजस्थान, पश्चिम र पूर्वी उत्तर प्रदेशसहित देशका विभिन्न भागमा दृश्यता दुई सय मिटरभन्दा कम रेकर्ड गरिएको थियो।

आईएमडीका अनुसार बुधबार बिहान दिल्ली, पूर्वी राजस्थान, पूर्वी उत्तर प्रदेश , बिहार, पश्चिम बङ्गाल , अरुणाचल प्रदेश र असमका छुट्टिएका क्षेत्रहरूमा घना कुहिरो देखिएको थियो। रासस

 


सम्बन्धित समाचार