Logo

२० कार्तिक, वीरगञ्ज । पर्सा क्षेत्र नं ३ को नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार राजकुमार गुप्ता निकै तनावमा पुगेका छन । जीत निकाल्न सक्ने आँकंलन गरिएका गुप्ता पार्टी भित्रको किचलोका कारण उत्पन्न तनाव ब्यवस्थापनकालागि जसपा नेताको शरणमा पुगेका छन ।

शनिवार राती वीरगंजमा गुप्ताकै पहलमा गोप्य बैठक सम्पन्न भएको छ । मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउत पूर्व बनमंत्री प्रदीप यादव, मन्जुर अन्सारी र सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालका वीचमा बैठक भएको हो ।

राजकुमार गुप्ताको खस्कदै गएको अवस्थालाई कसरी सुधार्ने भन्ने बिषय बैठकको मुख्य एजेण्डा थियो । गुप्ताले पार्टी भित्रका नेता कार्यकर्तालाई अविश्वास गरेर प्रदेश सभाको (ख) मा किरण गुप्ता र (क) मा निरराज गिरीलाई उम्मेदवार बनाउने र आफू प्रतिनिधिसभाको उम्मेदवार हुने गरि तयारी गरेका थिए ।

तर बामपन्थी नेता प्रहलाद गिरी नेकपा एमाले प्रवेश गरेपछि गुप्ताको यो योजना संकटमा पर्न पुग्यो । गुप्ताले गिरीलाई हरेक सार्वजनीक मंचमा अतिथि समेत आशन गर्न नदिएर अपमान गर्दै आएका थिए । गिरीकै पहलमा जसपा बाट निर्वाचित प्रदेश सभा सदस्य मन्जुर अन्सारी एमाले प्रवेश गर्ने तयारी भएपछि गुप्ता झनै झस्केनन मात्रै अन्सारीको पार्टी प्रवेशको कार्यक्रमनै हुन दिएनन । पछि मन्जुर र गुप्ताको गोप्य बैठक भएको र त्यो बैठकमा प्रदेश सभा (क) को सम्पूर्ण निर्वाचन खर्च अन्सारीले ब्यहोर्ने गरि गुप्ताले अन्सारीलाई पार्टी प्रवेश गराई टिकट दिलाउने प्रतिवद्धता जनाए । त्यही बैठक पछि अन्सारी जनकपुरमा नेकपा एमाले अध्यक्ष के.पी.ओलीसंग टिका लगाएर एमाले प्रवेश गरेका हुन ।

उता निरराज गिरीलाई प्रदेश सभाको एकल उम्मेदवार सिफारिश गराएका गुप्ताले गिरीले पैसा समेत खर्च नगर्ने र आफनै खर्चमा चुनाव लडाउनु पर्ने भएकोले उनको रोजाईमा गिरी नपरेको एमाले स्रोतले जनायो । एकल सिफारिशमा परेका गिरीले टिकट नपाएपछि प्रदेश (क)को पार्टी कमिटी नै असन्तुष्ट भएको छ । पटेर्वा सुगौली, सखुवा प्रसौनी गाउँपालिकाको पार्टी नेतृत्वले अन्सारीलाई मत नदिने भन्दै बिद्रोह गरेको छ ।

पार्टी कार्यकर्ताको यो बिद्रोलाई साम्य पार्न नसकेपछि गुप्ता जसपा नेताको शरणमा पुगेका हुन । शनिवार वीरगंजमा भएको बैठकमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवको बिकल्पको रुपमा प्रदीप जयसवाललाई राजनीतिक रुपमा अगाडि बढाउने प्रस्ताव गरिएको छ । आउने स्थानीय तहको चुनावमा यादवको सट्टामा जयसवाललाई अगाडि सार्ने गरि अहिले गुप्तालाई सहयोग गर्न बैठकमा प्रस्ताव गरिएको स्रोतले जनायो ।

जयसवालले पनि गुप्तालाई आफनो तर्फको मत दिलाउने आश्वासन दिएको बताइएको छ । यो खालको सहमती गर्दा मुख्यमंत्री राउत, पूर्वमंत्री यादव उम्मेदवार गुप्ता र जयसवालका वीचमा भएको हो । यो सहमती गर्दा मन्जुर अन्सारीलाई अलग राखिएको थियो । बैठकमा नेता गुप्ताले चुनाव जित्दा जित्दै हार्ने अवस्थामा पुगेको भन्दै दिक्दारी जनाएका थिए ।

गुप्ताको योजनामा बैठक भएको थाहा पाएपछि त्यसको प्रतिक्रिया झनै नकारात्मक हुन पुगेको एमालेका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन । अहिले जसपाका नेताको शरणमा पुगेर बनाइएको गोप्य योजनाका बिषयहरु सार्वजनिक हुन थाले पछि गुप्ता झन तनावमा परेका छन् । गुप्ता जसपाका नेताको शरणमा पुगेको सूचना बाहिरिएपछि पर्सा क्षेत्र नंं ३ का एमाले कार्यकर्तामा खैलाबैला मच्चिएको छ ।


सम्बन्धित समाचार