Logo

२७ माघ,वीरगञ्ज । मधेस प्रदेशमा धान उत्पादन बर्सेनि घट्दै गएको तथ्यांक सार्वजनिक भएको छ । प्रदेशका ८ वटै जिल्लामा हरेक वर्ष उत्पादन हुने धानको परिमाणको ग्राफ घट्दै गएको तथ्यांक बाहिरिएको हो ।

मधेश प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्ला पाँच वर्षको तथ्याङ्कमा उर्वर भूमिमै धान उत्पादनमा हरेक वर्ष धान उत्पादनमा कमी आउँदै गएको तथ्यांक छ ।
पछिल्ला पाँच वर्षमा मधेस प्रदेशमा धानको कुल उत्पादन ८५ लाख मेट्रिक टनको हाराहारीमा छ भने यो धान २३ लाख १८ हजार ९६७ हेक्टर क्षेत्रफलबाट उत्पादित भएको विवरण छ ।

आर्थिक वर्ष ०७५–०७६ देखि चालु आर्थिक वर्षसम्ममा ८५ लाख ७६ हजार २ सय ७४ मेट्रिक टन धान उत्पादन भएको प्रदेशको कृषि विकाश निर्देशनालयको तथ्याङ्क छ ।

यो वर्ष मधेस प्रदेशका आठ जिल्लामा मात्रै वर्षे धान करिब १३ लाख मेट्रिक टन उत्पादन भएको छ । मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेसमा यो वर्ष १२ लाख ९६ हजार ६ सय ७ मेट्रिक टन धान उत्पादन भएको छ ।

आठ वटै जिल्लामा गरी कुल ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।यसैबिच पर्सामा यो वर्ष ५७ हजार हेक्टर क्षेत्रफलमा १ लाख ९७ हजार ९४६ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ ।

गत वर्ष भने यो जिल्लामा दुई लाख २२ हजार ७१४ हेक्टर क्षेत्रफलमा उत्पादन भएको मधेश प्रदेश निर्देशनालयले जनाएको छ । यो गत वर्षको धानको उत्पादनको तुलनामा निकै कम उत्पादन हो ।

अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्ने हो भने मधेस प्रदेशमा यो वर्ष ७४ करोड १२ लाख ८० हजार ८४८ किलो चामल चाहिन्छ । तर यो वर्ष मधेसमा भने १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको छ ।


सम्बन्धित समाचार