Logo

१८ फागुन,काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको जारी खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो।

खेलमा नेपालका आक्रमक ब्याटर कुशल मल्लले अर्धशतक पूरा गरे। उनले ३६ बल खेल्दै ५४ रन बनाए। मल्लले ४ छक्का र एक चौका प्रहार गरे। मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो।

आजको खेलमा कुशल भुर्तेलको स्थानमा आएका ओपनर अनिल साहले १७ बलमा २३ रन बनाए भने अर्का ओपनर आशिफ शेख १ रनमा आउट भए।
गुलसन झाले २६ रन बनाए। उनले १६ बल खेल्दै ३ छक्का र १ चौका प्रहार गरेका थिए।

यस्तै कप्ता रोहित पौडेलले १० रन बनाए भने दिपेन्द्रसिंह ऐरीले १६ रनको योगदान दिए। करन केसी ७ रन बनाए आउट भए भने सोमपाल कामीले २ रन बनाए।

नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमो दोस्रो खेलमा नेदरल्याण्डससाग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।


सम्बन्धित समाचार