Logo

९ चैत, जनकपुर । मधेश प्रदेश सरकारबाट बर्खास्त गरिएको एक सातापछि नेपाली कांग्रेसले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश सरकारमा कांग्रेसलाई हटाएर नेकपा एमालेलाई सो ठाउँमा ल्याएको करिब एक सातापछि समर्थन फिर्ता लिएको जनाएको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलले बुझाएको सो पत्रमा ‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ उल्लेख छ ।

संघमा समीकरण फेरिएपछि गत सोमबार कांग्रेसका तीन मन्त्रीलाई मुख्यमन्त्री यादवले बर्खास्त गरेका थिए ।


सम्बन्धित समाचार