Logo

०५ मंसिर,पोखरिया । पर्सा निर्वाचन क्षेत्र नं.४ को प्रदेशसभा १ को जारी मतगणनामा ठोरी गाउपालिका वडा नं.४ को सम्पन मतगणनामा नेपाली कांग्रेसका शंकर चौधरी १४ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै एमालेका उम्मेदवार जय प्रकाश थारु ७ सय १५ मत प्राप्त गर्नु भएको छ । स्वतन्त्र उम्मेदवार विरेन्द्र यादवको लालटेन छापले ४९ मत प्राप्त गर्नुभएको छ भने जरी लामाको जेब्रा छापले १ सय ७६ मत प्राप्त गरेको छ ।

अहिले सम्मको सार्वजनिक भएको मत परिमाण अनुसार नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरीले एमालेका उम्मेदवार जय प्रकाश थारुभन्दा ७ सय ६२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।


सम्बन्धित समाचार