Logo

२८ चैत, जनकपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हरेक कालखण्डमा भएका भ्रष्टाचारलाई स्वतन्त्ररुपमा छानबिन गर्नका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा बुधबार प्रदेशस्तरीय सुरक्षा गोष्ठी समापन पछि संचारकर्मीहरुसंग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद भवनमा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणको आरोप लगाउँदै राजीनामा दिनुपर्ने मागसहित संसद अवरोध गर्दै आएपछि गृहमन्त्री लामिछानेले विगतमा भएका विभिन्न भ्रष्टाचारहरुको समेत फाइल खोल्नुपर्ने बताएका छन् ।

उनले कांग्रेसलाई संसदमा अवरोध नगरी प्रतिपक्षमा रहेर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रहसमेत गरे । मधेश प्रदेशको शान्ति सुरक्षाको सवालमा संघीय सरकारले प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले औल्याए । उनले हुण्डी कारोबारी,

तस्करी, विलविजक नदिइ गरिने कालाबजारी, गुण्डागर्दी, राजस्व छली, राजस्व संकलन, ठगीलगायतकाहरु नियन्त्रण गर्नुपर्ने बताए । उनले मधेशमा सुरक्षा थ्रेट रहेको बताउँदै यसका लागि यहाँको समस्या पहिचान गरी समाधान गर्न तर्फसमेत ध्यान दिनुपर्ने बताए ।


सम्बन्धित समाचार