Logo

७ मंसिर, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मंगलबार मध्यरातमा सार्वजनिक मतगणनाको नतिजा अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा निर्वाचन क्षेत्र नं. १ (ख) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले ७ हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।

२०७४ को निर्वाचनमा समेत राउत सोही निर्वाचन क्षेत्रबाट ९ हजार ८०४ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका बिजय सरार्फले ६ हजार ८२९ मत प्राप्त गरेका थिए ।


सम्बन्धित समाचार