Logo

१३ वैशाख,वीरगञ्ज । पर्सामा आज विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।

महानगरपालिकाको भन्सार स्रिसियाबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।
पर्सा प्रहरीका अनुसार ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । घाइते पटेलको थपको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

घाइते हुनेहरुमा कन्हैया चतुर्वेदी, आकाश पटेल र मदन पटेल रहेका छन् । घाइते तीनै जना खत्तरामुक्त रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । बढी स्पीडमा मोरटसाइकल चलाइएकोले दुर्घटना भएको डिएसपी थापा बताउँछन् ।


सम्बन्धित समाचार