Logo

१२ मंसिर, वीरगञ्ज । १२ मंसिर, वीरगञ्ज । बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा बामलोकतान्त्रिक गठबन्धनबाट निर्वाचित नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ र प्रदेशसभा (२) बाट निर्वाचित जितेन्द्र सोनललाई क्षेत्र नम्बर ४ का मतदाताले चाँदीको मुकुट लगाएर स्वागत गरेका छन् ।

श्रेष्ठ र सोनललाई विश्रामपुर गाउँपालिका वडा नम्बर–५ इटियाहीका स्थानीयले चाँदीको मुकुट लगाएर स्वागत गरेका हुन् । जितेपछि आफ्नो क्षेत्रका मतदाताहरुलाई भेटेर धन्यवाद दिन घर दैलोमा पुगेका श्रेष्ठ र सोनललाई स्थानीयले स्वागत गरेका छन् । मङ्सिर ४ गते भएको निर्वाचनमा श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्। यस्तै, जितेन्द्र सोनल सोही क्षेत्रको प्रदेशसभा (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। लोसपाका मधेस प्रदेश अध्यक्ष रहेका सोनल पनि पाँच दलीय गठबन्धनबाट नै उमेदवारी दिएर निर्वाचित भएका हुन् ।


सम्बन्धित समाचार