Logo

बहुदरमाई नगरपालिकाका उपप्रमुख सुस्मा कुशवाहाले नेकपा एमालेका नेता राजकुमार गुप्तालाई पर्सा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मुकुट लगाइदिदै ।

१३ मंसिर, वीरगञ्ज । पर्सामा निर्वाचित जनप्रतिनिधिमा चाँदीको मुकुट लगाउने होड नै चलेको छ । पर्सा निर्वाचन क्षेत्र नंं ३ बाट नेकपा एमालेको तर्फबाट विजयी उमेदवार राजकुमार गुप्ताले चाँदीको मुकुट लगाएर विजयी उत्सव मनाएका छन् ।

सर्वहारा वर्गको मुक्ती र लोकतन्त्रको पक्षमा आन्दोलन गरेको पार्टी नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका राजकुमार गुप्ताले बहुदरमाई नगरपालिकाका उपमेयर सुस्मा कुशवाहाको हातबाट चाँदीको मुकुट लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जनताको सेवक भएर काम गर्नेछु भनेर भोट माग्ने समयमा प्रतिज्ञा गरेका दलका नेताहरु यतिवेला कार्यकर्तालाई प्रयोग गरेर चाँदीको मुकुट लगाउन थालेका छन् । सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएको देशमा पुन सामन्ती संस्कारको सिको गर्दै मुकुट लगाएर राजा बन्ने होडमा लागेको देखेपछि जनता भने नेताको चाल देखेर निरास बनेका छन् ।

जसपाका उमेदवार प्रदीप यादवले मुकुट संस्कृतिको विजारोपण गरेका थिए । उनले २०७४ सालको निर्वाचनमा विजयी भएपछि चाँदीको मुकुट पहिरिएका थिए । उनले वीरगञ्ज महानगरपालिकामा गत बैशाखमा भएको निर्वाचनमा मेयर पदमा जसपाका राजेशमान सिंह विजयी भएपछि प्रदीप यादवले नै नगरपालिकामा पुगेर मेयरलाई मुकुट लगाइदिएका थिए । यसपटक समेत यादवले मुकुट लगाएका छन् । जसपा र एमालेको अलवा एकीकृत समाजवादीका नेता तथा बारा क्षेत्र नं. ४ बाट निर्वाचित कृष्णकुमार श्रेष्ठ, पर्सा ४ बाट निर्वाचित नेपाली कांग्रेसका रमेश रिजाल र बारा ४ (ख)बाट निर्वाचित जितेन्द्र सोनलले समेत मकुट लगाएका छन् ।

भिडियाे सहितकाे एक रिपाेृट


सम्बन्धित समाचार