Logo

४ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ठगीमा मुछिएका २ ठूला सहकारीका सञ्चालकविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

विभागले शिवशिखर सहकारी भक्तपुरका सञ्चालक केदारनाथ शर्मा लगायतविरुद्ध २३ अर्ब तथा इमेज सहकारीका सञ्चालक तथा बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली लगायतविरुद्ध ३ अर्बमाथि बिगो कायम गर्दै मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

बचतकर्ताहरूको बचत रकम ठगी गरी आफू समेतका नाममा घरजग्गामा लगानी गर्ने, सवारी साधन खरिद गर्ने, अन्य नाफामूलक संस्थामा लगानी गर्ने काम गरेर आर्जित तथा बढे बढाएको सम्पत्ति समेत जफतको मागसहित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गर्न लागिएको हो ।

 


सम्बन्धित समाचार