Logo

१६ मंसिर, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरीको अभियोगमा दुई जना व्यक्ति सहित दुई थान मोटर साइकल नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं २४ बस्ने कुन्दन साह तेली र वडा नंं ४ बस्ने बिजय कुमार गिरीलाई प्रहरीले चोरी सम्वन्धी कसूरमा कार्वाही चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने बिकाश कुमार तुरहाको ना.४६ प ५२८७ नम्बरको हिरो कम्पनीको मोटर साइकल आफ्नै घरकम्पाउण्डमा पार्किङ गरेको अवस्थामा कुन्दन साहले चोरेर भागेका थिए । उनलाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले चेकजाँच गर्दा शंकास्पद अवस्थामा भाग्न खोजेकोले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा न. ४ अलीट्रमा अस्पतालको परिषरभित्र पार्किङ गरी राखिएको ना.३९ प ५४०८ नम्बरको हरियो रंगको अपाची मोटरसाईकलको लक तोडेर चोरी गरी भाग्दै गरेको अवस्थामा अस्पतालका कर्मचारी र प्रहरीको टोलीले विजय कुमार गिरीलाई मोटरसाइकल सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका विजय कुमार गिरी र कुन्दन साहतेलीलाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार