Logo

६ जेठ,काठमाडौं। आइतबार विहान बस्ने तय भएको प्रतिनिधिसभा बैठक अनिश्चित भएको छ।

विपक्षी दलहरुले सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो नलागेसम्म बैठक चलनाउन विपक्षी दलले सभामुख देवराज घिमिरेलाई आग्रह गरेपछि बैठक अनिश्चित बनको हो।

अहिले कार्यदलको बैठक जारी छ। आइतबार विहान बसेको विपक्षी दलको बैठकले संसदमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको थियो।

गृहमन्त्रीलाई बोल्न दिने चित्ते बुझे संसद बैठक अगाडि बढाउने दिन, चित्त नबुझे अवरोध गर्ने निर्णय गरेको विपक्षी दलको बैठक लगत्तै सो जानकारी गराउन सभामुखकहाँ पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीले छानबिन समिति गठन सम्बन्धी कार्यदललको टिओआरमा सहमति नभएसम्म बैठक चलाउन आग्रह गरेपछि बैठक अनिश्चित भएको हो।

समितिले आवश्यक परेमा प्रधानमन्त्री र शीर्ष नेतासँग परामर्श गरेर कार्यादेश टुंगोमा पु¥याउने सहमति भएपनि समिति कस्तो बन्ने, जिम्मेवारी के–के हुने जस्ता विषयमा सहमति भइसकेको छैन। बैठकले संसदीय समितिको टीओआर तयार पार्ने बताइएको छ। सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो।

 


सम्बन्धित समाचार